fbpx

चेल्सीलाई भ्यालेन्सियाले उसैको मैदानमा हरायो

विराटनगर, १ असोज । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब चेल्सीले हार ब्यहोरेको छ । बुधबार राति भएको समूह चरणको खेलमा चेल्सीले स्पेनिस क्लब भ्यालेन्सियासँग १–० गोलको हार ब्यहोरेको हो ।

game

चेल्सीकै घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई जिताउन रोड्रिगोले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा बितेको थियो । तर, दोस्रो हाफमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियालाई च्याम्पियन्स लिगमा सुखद सुरुआत गराए । रोड्रिगोले खेलको ७४औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै भ्यालेन्सियाले समूह ‘एच’मा ३ अंक जोड्दै दोस्रो स्थान बनाएको छ । सो समूहमा डच क्लब आयाक्स शीर्ष स्थानमा छ । उसले हिजो नै भएको अर्को खेलमा एलओएससीविरुद्ध ३–० गोलको जित निकालेको हो ।

Loading...