fbpx

च्याम्पियन्स लिग : साबिकको विजेता लिभरपुलमाथि नापोली जित

विराटनगर, १ असोज । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत साबिकको विजेता लिभरपुलले हार ब्यहोरेको छ । बुधबार राति भएको समूह चरणको खेलअन्तर्गत लिभरपुलले इटालियन क्लब नापोलीविरुद्ध २–० गोलको हार ब्यहोरेको हो ।

game

नापोलीको घरेलु मैदानमा भएको उक्त खेलमा नापोलीलाई जिताउन ड्राइस मेर्टेन्स र फेर्नान्डो लोरेन्टेले समान एक–एक गोल गरे । लिभरपुल सन् २०१८–१९ को विजेता टोली लिभरपुलले अन्तिम ८ मिनेटको समय सम्हालिन नसक्दा हार ब्यहोर्नु पर्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा बितेको थियो ।

तर, खेलको ८२औं मिनेटमा नापोलीले पेनाल्टीको मौका पायो । जसमा, मेर्टेन्सले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । यस्तै खेलको इन्जुरी समयमा लोरेन्टेले गोल गर्दै नापोलीलाई २–० गोलको जित दिलाए ।

यो जितसँगै सिरी ‘ए’ क्लब नापोलीले ३ अंक जोड्दै समूह ‘ई’मा दोस्रो स्थान बनाएको छ । सो समूहको शीर्ष स्थानमा भने साल्जबर्ग रहेको छ । साल्जबर्गले हिजो राति नै भएको अर्को खेलमा जेन्कविरुद्ध ६–२ गोलको जित निकालेको हो ।

Loading...