fbpx

पाकिस्तान प्रशासित कश्मीरपनि भारतको हुन्छ : एस जयशंकर

भारत ३१ भदौ । भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तान प्रशासित कश्मीरपनि एक दिन भारतकै हिस्सा हुने बताएका छन् ।

मोदी सरकारको १ सय दिन पुरा भएको अवसरमा आयोजित पत्रकार भेटघाटमा उनले पाकिस्तान प्रशासित कश्मीर (पिओके)को विषयमा भारतको दृष्टिकोण बारे जानकारी दिदै पिओके भारतको हिस्सा भएको बताउँदै उनले त्यो क्षेत्र भारतको भौगोलिक अंग हुने बताएका हुन् ।

विदेशमन्त्री जयशंकरले अनुच्छेद ३७० का विषयमा बोल्दै यो मुद्धा द्विपक्षीय नभएको बताए । उनले कश्मीरको विषय भारतको आन्तरिक विषय भएको बताएका हुन् । पाकिस्तानसंग संविधानको अनुच्छेद ३७० को विषयमा भन्दा पनि आतंकवादको मुद्धा भने द्विपक्षीय रहेको बताए ।

जयशंकर भन्दा अघि पनि भारतका ठुला नेताहरुले पाकिस्तान प्रशासित कश्मीर भारतको क्षेत्र भएको बताउँदै आएका छन् । रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री तथा भाजपा अध्यक्ष अमित शाह लगायतकाहरुले पिओके भारतीय क्षेत्र भएको र भारतले फिर्ता लिने बताउदै आएका छन् ।

Loading...