fbpx

लेक लागेर भारतीय पर्यटकको मृत्यु

सोलुखुम्बु ३१ भदौ । मेरापिक क्षेत्रमा लेक लागेर मंगलबार एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए ।

लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको भने त्यस क्षेत्रबाट उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो । केही दिनयता लगातार वर्षा हुँदा पर्यटकलाई समस्या भएको छ । निरन्तरको वर्षा र बाक्लो हुस्सुका कारण खुम्बु क्षेत्रको भ्रमणमा आएका सयौँ पर्यटक लुक्लामा बसिरहेका छन् ।

केही पर्यटक झण्डै डेढ घण्टा पैदल यात्रापछि सुर्के पुगेका छन् । उनीहरु हेलिकप्टरमा काठमाडौं फर्किने तयारीमा छन् । मंगलबार बिहान चौँरीखर्क र सुर्केबाट विदेशी तथा नेपाली यात्रु लिएर गएका १० हेलिकप्टरले काभ्रेपलाञ्चोक र रामेछापमा आकस्मिक अवतरण गरेका थिए । शुक्रबारदेखि मौसम प्रतिकूल भएपछि खुम्बु क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

Loading...