fbpx

चोरी नियन्त्रण गर्न ‘स्वीप अप्रेशन’

विराटनगर, ३१ भदौ । चोरीका घटना नियन्त्रण गर्न मोरङ प्रहरीले ‘स्वीप अप्रेशन’ शुरु गरेको छ । चाडँपर्व नजिकिदै गर्दा चोरीका घटना बढेपछि प्रहरीले स्वीप अप्रेशन शुरु गरेको हो ।

साउन दोस्रो साता यता मात्रै विराटनगर महानगरपालिका भित्र साना तथा ठूला गरेर डेढ दर्जन बढी चोरीका घटना भएपनि प्रहरीले सकृयता बढाएको हो । चोरी नियन्त्रण गर्न विशेष अभियान चलाएपछि शंकास्पद चार सय ६२ जनामाथि ‘स्क्रिनिङ’ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए ।

आवश्यक सोधपुछ र अनुसन्धानका क्रममा चोरी गरेको पुष्टि भएपछि १० जनामाथि मुद्दा नै चलाइएको छ । प्रविधिको सहयोग र अभियानकै रुपमा २४ घण्टा नै प्रहरी परिचालन गरेर चोरी नियन्त्रणको प्रयास भइरहेको अधिकारीले बताए ।

Loading...