fbpx

१३ औं साफ पनि बंगलादेशमै

विराटनगर ३१ भदौ । पाकिस्तानमा हुने भनिएको १३ औँ साफ च्याम्पियनसिप प्रतियोगिता पनि बंगलादेशमा हुने भएको छ । गतवर्ष सेप्टेम्बरमा बंगलादेशमा सम्पन्न च्याम्पियनसिप यसपटक पाकिस्तानमा हुने पूर्वतयारी भएपनि साफ बैठकले आयोजनाको जिम्मेवारी बंगलादेशलाई दिएको छ ।

२०२० सेम्टेम्बरमा हुने साफ च्याम्पियनसिपको विषयमा सोमबार मलेसियमा भएको बैठकले यस्तो निर्णय गरेको हो । प्रतियोगिताको गतवर्षको संस्करणमा भारतलाई पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको थियो ।

बैठकले २०२० को अगष्टमा साफ यू १५ च्याम्पियनसिप आयोजना गर्ने , सेप्टेम्बर र अक्टोबरमा यू १८ महिला च्याम्पियनसिप आयोजना गर्ने समेत निर्णय गरेको छ ।

Loading...