fbpx

राष्ट्रपतिको चुनावी कार्यक्रममा बम विस्फोट हुँदा २४ को मृत्यु

अफगानिस्तान ३१ भदौ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने उद्ेश्यले गराइएको विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ । मङ्गलबार स्थानीय अस्पताल स्रोतले पारवान प्रान्तको मध्यभागमा भएको घटनामा २४ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका पुष्टि गरेको छ ।

पारवान अस्पतालका निर्देशक डा. अब्दुल कासिम साङ्गीनले राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको विस्फोटमा मर्ने तथा घाइते हुनेहरूमा महिला तथा बालबालिकापनि रहेको बताए । विस्फोटका समय राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा थिए । मोटरसाइकलमा आएको एक व्यक्तिले राष्ट्रपतीय निर्वाचनका लागि घानी सहभागी चुनावी ¥यालीले प्रयोग गर्ने बाटोमा सुरक्षार्थ बनाइएको पहिलो सुरक्षा परीक्षण केन्द्रमा विस्फोट गराएका थिए ।

काबुलको मध्यभागमा पनि मंगलबार नै भएको अर्को एक विस्फोटमा पनि केही व्यक्ति गम्भिर घाइते भएका छन् । यसबारे थप जानकारी आउन केही समय लाग्ने अफगानी गृहमन्त्रीले बताए ।

Loading...