fbpx

कांग्रेसको अवरोधले एक नम्बर प्रदेश सभाको मंगलबारको बैठक स्थगित

विराटनगर ३१ भदौ । मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक फिर्ता गर्न माग गर्दै प्रदेश १ को मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार सदन अवरोध गरेपछि बैठक स्थगित भएको छ । मंगलबार बसेको प्रदेश सभाको बजेट अधिवेशनको ५० औँ बैठकको सुरुमै उभिएर भद्र अवज्ञा गर्दै मुख्य प्रतिपक्षी दल कांग्रेसले सदनमा अवरोध गरेपछि स्थगित भएको हो ।

बैठकको सुरुवातमै देब्रतर्फका मुख्य प्रतिपक्षी दलका सांसदहरु उभिएपछि सभामुख प्रदिपकुमार भण्डारीले पटक पटक सांसदहरुलाई आफ्नो ठाउँमा बस्न आग्रह गरेका थिए । तर चार पटक सम्म आग्रह गर्दा पनि सांसदहरु नबसेपछि सभामुख भण्डारीले मुख्य सचेतक केदार कार्कीलाइ आफ्ना कुरा राख्न ४ मिनेट समय दिएका थिए ।

प्रमुख सचेतकले आफ्नो भनाई राखिसकेपछि सभामुख भण्डारीले २० मिनेटकालागि संसदको बैठक स्थगित गराएका थिए । बीस मिनेटपछि संसदको बैठक बसेपनि कांग्रेस सांसदहरुले अवरोध जारी नै राखेपछि सभामुख भण्डारीले बुधबार १ बजे सम्मका लागि सदन स्थगित गराए ।

संसदीय दल कांग्रेसका प्रमुख सचेतक मनमोहन विधेयक फिर्ता नलिए संसदको अवरोध जारी राख्ने र सभाको रोष्टम घेर्ने चेतावनी पनि दिएका छन् ।

Loading...