fbpx

दक्षिण कोरियामा पनि ‘स्वाइन फ्लू’

सियोल ३१ भदौ । दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको स्वास्थ्य अधिकारीहरुले पुष्टी गरेका छन् । सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म कैयौँ सुँगुर मारिएका छन् । अफ्रिकाबाट सुरु भएको यस प्रकोपका कारण ती देशका पनि कैयौँ सुँगुर काटिएका थिए जसका कारण हाल विश्वभर संँुगुरको मासुको मूल्य बढेको छ ।

स्वइन फ्लुको संक्रमण् भएपछिज्वरो आउने लक्षण देखिन्छ । यो रोगको प्रकोप देखा परेको मंगलबार अधिकारीहरुले पुष्टि गरेका हुन् । दुई कोरियाको सीमा क्षेत्रमा रहेको पाजुको एक सुँगुर फार्ममा पाँच ओटा सुँगुर मरेको अवस्थामा भेटिएका थिए । मरेका सुँगुर भेटिएपछि गरिएको अनुसन्धानका क्रममा ती सुँगुरमा फ्लू भएको पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयका कर्मचारीलाई उद्धृत गर्दै दिइएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको कृषि मन्त्रालयका अधिकारीले दिएको जानकारी अनुसार फार्ममा मरेका सुंगुरमा स्वाइन फ्लू प्रमाणित भइसकेको छ । अन्य विषयमा अनुसन्धान जारी छ । दक्षिण कोरियाका कृषि मन्त्री किम हायन सुले फार्ममा ३ हजार ९ सय ५० ओटा सुंगुर रहेकोले उनीहरुलाई विशेष निगरानीमा राखिने जानकारी दिए ।

फार्ममा स्वाइन फ्लूको प्रकोप देखिएको प्रमाणित भएकोले देशभरि अन्यत्रतिर पनि यसको सतर्कता अपनाइने उनले बताए ।  दक्षिण कोरियामा स्वाइन फ्लूको प्रकोप पहिलो पटक देखिएको भए पनि यहाँ विभिन्न समयमा जनावर तथा चराचुरुङ्गीमा भने रोग देखा परेको थियो ।

Loading...