fbpx

यस्तो छ पीएसजीविरुद्ध खेल्ने रियल मड्रिडको टोली

एजेन्सी, ३१ भदौ । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध खेल्ने आफ्नो टोली घोषणा गरेको छ । समूह चरणअन्तर्गत बुधबार राति हुने पीएसजीविरुद्धको खेलका लागि रियलले मंगलबार १९ सदस्यीय टोली घोषणा गरेको हो ।

समूह ‘ए’ मा रहेका यी दुई टोली बुधबार राति १२ः४५ हुने खेलमा आमने–सामने हुँदैछन् । जसका लागि रियल मड्रिड पीएसजीको घरेलु मैदान जानेछ । यस खेलका लागि प्रशिक्षक जिनेदिन जिदानले टोलीको घोषणा गरेका हुन् ।

उक्त टोलीमा कप्तान सर्जियो रामोस र नाचो परेका छैनन् । यस्तै मार्सेलो र फेर्लान मेन्डीले पनि टोलीमा स्थान बनाएका छैनन् । तर, उनीहरूबाहेक टोलीमा जेम्स रोड्रिग्वेज, ग्यारेथ बेल, करिम बेन्जेमा, इडेन हाजार्ड, भिनिसियस जुनियसले स्थान बनाएका छन् ।

यस्तो छ रियलको टोलीः
गोलकिपर–कोर्टुआ, एरोलो र एल्टुब
डिफेन्डर– कार्भजल, मिलिटाओ, भराने, ओड्रिजोला, मेन्डी, डी ला फुएन्टे
मिडफिल्डर– क्रुस, क्यासेमिरो र रोड्रिग्वेज,
फरवार्ड– हाजार्ड, बेन्जेमा, बेल, भास्क्वेज, जोभिक, भिनिसियस र रोड्रिगो

Loading...