fbpx

च्याम्पियन्स लिगमा नेयमारको प्रतिबन्ध घट्यो !

एजेन्सी, ३१ भदौ । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमारलाई लागेको प्रतिबन्धमा घटुवा भएको छ । अघिल्लो सिजनको च्याम्पियन्स लिगमा विवादास्पद व्यवहार देखाएपछि यूईएफले उनलाई तीन खेलमा प्रतिबन्ध लगाएको थियो ।

ब्राजिलियन स्टार नेयमारले अघिल्लो सिजनदेखि ३ वटा खेलमा प्रतिबन्ध बोकेका थिए । सन् २०१८–१९ को च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा म्यानचेष्टर युनाइटेडविरुद्ध हार ब्यहोरेपछि उनले सामाजिक सञ्जालमा रेफ्रीविरुद्ध जथाभावी लेखेका थिए । घाइते भइ आफू अनुपस्थित रहँदा पनि नेयमारले रेफ्रीविरुद्ध जथाभावी लेखेका थिए ।

यसपछि यूईएफएले नेयमारलाई यूईएफएले ३ खेलमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धपछि नेयमारले स्पेनिस क्लब रियल मड्रिडविरुद्धको मात्र नभएर समूह चरणको अन्य दुई खेल पनि गुमाउने पक्का थियो ।

तर, ‘कोर्ट अफ अर्बिट्रेशन फर स्पोर्ट्स’ले नेयमारको प्रतिबन्धको घटुवा गरेको चर्चित खेल मिडिया गोल डटकमले जनाएको छ । खबरका अनुसार अब नेयमारमाथि २ खेलको मात्र प्रतिबन्ध हुनेछ । नेयमारमाथि अब २ खेलमा मात्र प्रतिबन्ध छ । उनले रियल मड्रिड र गालातासरेविरुद्ध खेल गुमाउनेछन् भने क्लब बर्गविरुद्धको खेलबाट च्याम्पियन्स लिगमा फर्किनेछन् ।

Loading...