fbpx

‘घामड शेरे’ मा निश्चलको शेरे लुक्स

विराटनगर, ३१ भदौ । कार्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘घामड शेरे’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य अभिनेता निश्चल बस्नेतलाई मात्र अटाइएको छ ।

aaa

फिल्ममा निश्चल नै ‘घामड शेरे’को भूमिका निर्वाह गर्दै छन् । सार्वजनिक गरिएको पोस्टरमा निश्चलको ‘शेरे’ लुक्स देखाइएको छ । फिल्ममा मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का रहेकी छन् तर, पोस्टरमा भने निश्चल मात्र देखिएका छन् । हेमराज विसीको निर्देशनमा तयार भएको फिल्ममा रियल जोडी निश्चल र स्वस्तिमा श्रीमान्–श्रीमतीको भूमिकामा रहेका छन्

रोमान्टिक–कमेडी जनरामा फिल्म निर्माण भएको फिल्ममा निश्चल र स्वस्तिमाका साथ सुष्मा निरौला र बादल भट्ट, लोकेन्द्र लेखक र रोयलगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री गौरी मल्लको अतिथि भूमिकामा रहेको छ । निर्देशक विसीले होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा रहेर फिल्मको कथा तथा पटकथालाई आफैँ लेखी निर्माण गरेका हुन् ।

नरेन्द्र मैनालीको छायांकनमा तयार भएको फिल्मको अधिकांश छायांकन सुर्खेत र काठमाडौँमा भएको हो । धेरै पटक गीत तथा म्युजिक भिडियोमा संगै काम गरिसकेका निश्चल र स्वस्तिमाले हेमराज विसीले निर्देशन गरिरहेको फिल्म ‘घामट शेरे’ मार्फत् पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्दै छन् ।

Loading...