fbpx

रोजगारी सिलसिलामा जापानमा गएका एक नेपालीको मृत्यु

बाग्लुङ, ३१ भदौ । रोजगारी सिलसिलामा जापानमा गएका एक नेपालीको मृत्यु भएको छ । गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा मृत्यु भएको हो ।

गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाका अनुसार कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

गङ्गा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । उनको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । रासस

Loading...