fbpx

तौल घटाउन भूतको फिल्म

विराटनगर ३१ भदौ । भूतको फिल्म हेर्दा प्राय: मानिसहरु डराउने गर्दछन् । तर, भूतको फिल्म हेरेर मात्र पनि आफुलाई स्वास्थ्य राख्नुका साथै शरीरको अनावश्यक तौलसमेत घटाउन सकिन्छ । सुन्दा अनौFठो लागेपनि भुतको तथा डरलाग्दो फिल्म हेर्दा मात्र पनि शरीर स्वास्थ्य हुने पुष्टि भइसकेको छ ।

रातमा एक्लै भूतको फिल्म हेर्दा तनाव तथा चिन्ता घट्ने हुन्छ । त्यस्तै, मोटोपन अथवा शरीरको अनावश्यक तौल घटाउनका लागि भूतको डरलाग्दो फिल्म हेर्नु उपयुक्त मानिन्छ । वेस्टमिन्स्टर यूनिभर्सिटीले गरेको एक अध्ययनका अनुसार, प्रत्येक राति भुतको डरलाग्दो फिल्म हेर्ने मानिसको क्यालोरी कम हुने र शरीरको तौल घटाउन सहयोग हुन्छ ।

अध्ययनका अनुसार, ९० मिनेटको डरलाग्दो भूतको फिल्मले करिब १ सय १३ क्यालोरी कम गर्न सक्छ । सामान्य अवस्थामा उक्त परिमाणको क्यालोरी कम गर्नका लागि ३० मिनेटको हेभी कसरत गर्नु पर्ने हुन्छ । अध्ययनका अनुसार, भुतको वा कुनै डराउने फिल्म हेर्नु मोटोपन घटाउने सहज उपाय हुने भएकोले जति धेरै भुतको फिल्म हेर्‍यो, उती धेरै नै शरीरको तौल घट्न जान्छ ।

एउटा स्वास्थ्य मानिसको मुटुको सामान्य चाल ६० देखि १०० प्रतिमिनेट हुन्छ । शारीरिक ब्यायाम तथा शरीरमा बल पर्ने काम हुदा मुटुको चाल बढ्न जान्छ । अनुसन्धान कर्ताले भुतको डरलाग्दो फिल्म हेर्दा  मुटुको चाल लगभग ६४ प्रतिशतले बढेर १३० प्रतिमिनेट पुग्ने गर्छ ।

वैज्ञानिकहरूले मुटुको चाल १३० प्रतिमिनेट भनेको आधी घन्टासम्म छिटो छिटो गरी हिँड्दा हुने मुटुको चाल बराबर हो भनेर दाबी गरेका छन् । अझ भुतको फिल्म हेरेर अचानक डराउने सिन आउदा मुटुको चाल छिटो हुन गइ रक्तचाप समेत घट्नुका साथै मनोवैज्ञानिक सहायता पनि पुग्ने गरेको देखिएको छ ।

Loading...