fbpx

पत्रपत्रिकामा प्रदेश : कमिसनरहित कार्यविधि बनाउन निर्देशन

विराटनगर  ३१ भदौ । मुख्यमन्त्री शेरधन राईले १५ दिनभित्र प्रदेशको बजेट कार्यान्वयन र अनुदान वितरणको जनमुखी कार्यविधि तयार गर्न र संसोधन गरिसक्न निर्देशन दिएकाछन् । यो समाचार आजको जनविद्रोह दैनिकमा छ । जेठ १५ भित्र बजेटमार्फत घोषणा भएका कार्यक्रम कार्यान्वयन गरि सक्ने क्यालेण्डर तयार गरेको भन्दै उनले सोही अनुसार आवश्यक कार्यविधि बनाउन निर्देशन दिएका हुन् । अहिलेको कार्यविधि कमिसन केन्द्रीत भएको गुनासो आएको र जनमुखी नभएको भन्दै सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

मोरङको मिक्लाजुङ गाँउपलिकाका विद्यार्थी पढ्नको लागि १० घण्टा पैदल हिड्नु पर्ने बाध्यता रहेको समाचार ब्लाष्ट टाइम्समा छ । मिक्लाजुङ गाँउपालिका १ का विद्यार्थीहरु पढ्नकोलागि विहान साढे ५ बजे नै घरबाट निस्किन्छन् । मिक्लाजुङ १ रमितेमा रहेको टाँढी मावि पुग्न ५ घण्टा र फर्कन ५ घण्टा समय छुट्याउनु पर्ने बाध्यता रहेको छ । कोलबोटेबाट विद्यालयसम्म जाने सबै विद्यार्थीहरुको साझा समस्या रहेको ब्लाष्ट टाइम्समा खबर छ । हतार हतारमा विद्यालय गएपनि कहिले काँही पहिलो घण्टी छुट्ने गरेको विद्यार्थीहरुले बताए । विद्यार्थीहरुले विद्यालयमा छात्रावासको व्यवस्था भए सहज हुने बताए ।

उद्घोष दैनिकमा सीसीटिभीबाट निगरानी शिर्षकमा समाचार छ । प्रदेश १ को राजधानी विराटनगरलाई सीसीटिभीबाट निगरानी गर्न थालिएको छ । सीसीटिभीबाट निगरानी थालेपछि विराटनगर महानगर र राजमार्गमा हुने अपराधिक कृयाकलाप कम हुने आशा गरिएको छ । विराटनगर सहित पथरी र उर्लाबारी क्षेत्रमा राजमार्गमा पनि सीसीटिभी जडान गरिएको हो । महानगरसहित राजमार्ग क्षेत्रमा गरि ५८ वटा सीसीटिभी जडान गरिएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सीसीटिभीको सोमबार उद्घाटन गरेका हुन् ।

धरानको सल्लेरी बचत तथा ऋण सहकारीका सञ्चालकले सहकारीको पैसा घोटला गरेपछि कर्मचारी तनाबमा परेको समाचार नागरिक पूर्वेलीमा छ । सञ्चालकले बद््मासी गर्दा पैसा फिर्ता माग्न जानेको ताँती लागेको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले सहकारीमा सर्वसाधारणले बचत गरेको करोडौँ रुपैयाँ हिनामिना गरेपछि यस्तो अवस्था आएको हो ।

इटहरीका मेयर द्वारिकलाल चौधरीविरुद्ध अदालतको अवहेलना मुद्धा दायर गरिएको छ । मेयर चौधरीले अदालतको आदेशपत्र च्यातेपछि अवहेलनाको मुद्धा लगाइएको हो । इटहरी उपमहानगर र मेयर चौधरी विरुद्ध अदालतको अवहेलनामा मुद्धा दायर भएको उच्च अदालत विराटनगरले जनाएको खबर नागरिक पूर्वेलीमा छ ।

Loading...