fbpx

समाजवादी पार्टीले संविधान दिवस नमनाउने

काठमाडौं ३० भदौ । समाजवादी पार्टी नेपालले संविधान दिवसका कुनैपनि कार्यक्रममा सहभागिता नहुने निर्णय गरेको छ । संविधान जारी भएको दिन आगामी असोज ३ गते दिपावली नमनाउने र विरोध पनि नजनाउने निर्णय गरेको हो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका दिन कुनै पनि कार्यक्रममा पार्टीको सहभागिता नरहने निर्णय गरेको हो ।

पार्टीले संविधान जारी भएको दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा सात वटै प्रदेश राजधानीमा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने जनाएको छ ।

संविधान जारी भएको दिनका सन्दर्भमा खुशीयाली नमनाउने र विरोध पनि नगर्नुका साथै संविधान संशोधनबारे अन्तर्क्रियात्मककार्यक्रम आयोजना गरिने समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Loading...