fbpx

नेपाल आइडल सिजन ३ चाँडै प्रशारण, जोडिँदै कोका–कोला

विराटनगर, ३० भदौ । ‘नेपाल आइडल सिजन ३’ अब चाँडै प्रशारण हुने छ । एपीवान टेलिभिजनबाट प्रशारण हुने गायनसम्बन्धी रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ छिट्टै प्रशारणमा आउने शोको आयोजक टिमले जानकारी दिएको छ ।

‘नेपाल आइडल’का धेरै प्रायोजक रहेपनि यस पटक भने नेपाल आइडलको मुख्य प्रायोजकमा कोका–कोला जोडिन आएको छ । कोका–कोलाको उत्पादक कम्पनी तराइ बोटल्सले नेपाल आईडलको मुख्य प्रायोजकमा यस पटक कोका–कोला रहेको जानकारी दिएको हो । कोका–कोला सदैव गीत संगीतसँग जोडिँदै आइरहेको हुँदा यसपटक आफूहरू नेपाल आईडलसँग जोडिएर ‘कोका–कोला नेपाल आईडल’को रूपमा प्रस्तुत हुन लागेको पनि कोका–कोला कम्पनीले जनाएको छ । नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरूमा अडिसनको घोषणा गरिसकेको छ ।

नेपाल आइडलको अडिसन भदौ ३१ अर्थात् भोलिबाट पोखरामा सुरु भइ बुटवल, नेपालगंज, वीरगञ्ज, विर्तामोड हुँदै कार्तिक २ गते काठमाडौँमा आएर टुंगिने भएको छ । नेपाली टेलिभिजनमा प्रसिद्ध सो मानिएको पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडल हो । सांगीतिक रियालिट शो नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा हुन् भने र दोश्रो सिजनको विजेता रवी ओड रहेका छन् ।

Loading...