fbpx

दशैँको अवसरमा ‘छक्का पञ्जा २’ युट्युबमा

विराटनगर,३० भदौ । नेपालमा फिल्म हलमा प्रदर्शन भएको केही वर्षपछि मात्र युट्युबमार्फत दर्शकहरूले हेर्न पाएका हुन्छन् । त्यस्तै, कमेडी जनरामा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ले दशैँपछि रिलिज हुने तय गरेपछि दशैँमा दीपक–दीपाको दुई वर्षअगाडी प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ युट्युबमार्फत सार्वजनिक गरिने भएको छ ।

दशैँको अवसर पारेर दुई वर्ष अगाडि निकै रुचाइएको फिल्म ‘छक्का पञ्जा २’ लाई युट्युबमार्फत सार्वजनिक गरिने भएको फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले यस विषयमा जानकारी दिएका छन् । हलमा फिल्म हेर्न नपाएका दर्शकले लामो समयदेखि फिल्मको प्रतीक्षामा रहेका छन् ।

दर्शकलहरूको इच्छा पूरा गर्नका लागि फिल्मलाई हलमा पुनः प्रदर्शन गरिएको थियो । ‘एभेन्जर्स’ का कारण ‘छक्का पञ्जा २’ले मल्टीप्लेक्समा एक सो पनि नपाएपछि फिल्म फ्लप भएको थियो । फिल्ममा अभिनेत्री प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्कालगायतका कलाकारको अभिनय रहेको छ ।

पहिलोपटक फिल्म प्रदर्शनमा आउँदा व्यावसायिक रूपमा सफल भएको थियो । त्यसपछि प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ले सफलता हासिल गरेको छ ।

Loading...