fbpx

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सप्तरी, ३० भदौं । लागुऔषध सहित प्रहरीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ बाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को१६प ९१७४ नम्बरको मोटरसाइकलमा सवार चालक भारत विहार सुपौल कुनौली पञ्चायत ५ का ४७ वर्षीय दयाशङ्कर साहलाई पक्राउ गरेको हो ।

निजको साथबाट ३०–३० एम्पुल बुप्रेनोरफिन, फेनारगन र डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

किशोरीमाथि बलात्कार आरोप

सप्तरीमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उजुरी परेको छ । छिन्नमस्ता गाउँपालिका–६ का २८ वर्षीय चन्दन सदाविरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए ।

घरका अभिभावक तीर्थ गर्न भारतको झारखण्डस्थित वैद्यनाथ धाम गएको मौका छोपी सुतिरहेका बेला बाँसले बेरेको टाँटी उप्काएर घरभित्र प्रवेश गरेका आरोपितले गत बुधबार राति करणी गरेको उजुरीमा उल्लेख छ । रासस

Loading...