fbpx

पत्रपत्रिकामा प्रदेश : पूर्जाको जग्गा खोज्दा जनताकाे ‘गोलघरमा’, मनमोहन विधेयकले संसदमा सकस

विराटनगर, ३० भदौं । सोमबार प्रदेश १ बाट प्रकाशित हुने पत्र–पत्रिकाहरुले सुकुम्बासी समस्या, मनमोहन प्राविधिक विश्वविद्यालय विधेयकले संसद अन्त्य गर्न सकस परेको, प्रदेश १ मा संगठित अपराध मुख्य चुनौती रहेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकले संगिठित अपराध मुख्य चुनौतीको रुपमा उठेको विषयलाई मुख्य समाचार बनाएको छ । दुई दिन सम्म चलेको प्रदेश सुरक्षा बैठकमा संगठित अपराध नियन्त्रण गर्न चुनौती थपिएको उल्लेख गरिएको छ ।  उद्घोष दैनिकले नै शैलेजा आचार्य स्मृति पोलिटेक्निकमा कर्मचारीलाई श्रम तथा रोजगार कार्यालयले नौं बुदे निर्देशन दिएको  समाचार छ । न्यूनतम पारिश्रमिक नपाएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएपछि कार्यालयले तत्काल न्यूनतम पारिश्रमिक दिन भनिएको छ ।

धरानबाट प्रकाशित हुने ब्लाष्ट दैनिक र विराटनगरबाट प्रकाशित हुने जनविद्रोह दैनिकले मोरङ पथरी शनिश्चरे देखिएको दोहोरो स्वामित्व भएको जग्गाको विवादलाई मुख्य समाचार बनाएका छन् । दोहोरो स्वामित्व भएको जग्गामा पूर्जाको जग्गा खोज्दै पुगेका वृद्ध भरत भट्टराईलाई स्थानीयले शनिबार दिनभरी पथरी शनिश्चरे– ३ किराती चोकमा थुनेका थिए । ब्लाष्ट दैनिकमा पाँचथरमा सिसी क्यामेरा जडानले जरिबुटी चोरी तस्करी घटेको समाचार पहिलो पृष्टमा प्रकाशित भएको छ ।

जनबिद्रोह दैनिकले मनमोहन प्राविधिक विश्वविद्यालय बिधेयकले विवादले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सकस परेको विषयलाई मुख्य समाचार बनाएको छ ।

विधेयक प्रतिवेदन संसदिय समितिले नदिएका कारण आइतबार बसेको संसद बैठक बिजनेश अभावमा स्थगित भएको थियो । प्रदेश सभाको सामाजिक विकास समितिमा छलफलकालागि पठाएको विधेयक समितिबाट सदनमा पठाउने विषमा सहमति नजुटेपछि बैठक स्थगित भएको हो । विधेयकका विषयमा असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सदन अवरुध गर्ने चेतावनी दिएको छ ।

Loading...