fbpx

दोषीमाथि कारवाही गर्ने गृहमन्त्रीको आश्वासन

काठमाडौं, २९ भदौं । गृहमन्त्री रामबहादुर थापा बादलले बाँकेको खजुरा गाउँपालिकाको सीतापुरमा भएको घटनामा संलग्न दोषीमाथि अनुसन्धान भइरहेको बताएका छन् । सघीय संसद्, राष्ट्रियसभाको आजको बैठकमा बाँके घटनाबारे प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै बादलले भदौ २६ गते खजुरा गाँउपालिका–१ सीतापुरमा घटेको सो घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताएका हुन् ।

बिहीबार खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रश सोसाइटीको भवनमा काङ्ग्रेस बाँकेले ‘राष्ट्रिय जागरण अभियान’ सञ्चान गरेको थियो । सो क्रममा केही व्यक्तिभित्र प्रवेश गरी कार्यक्रम विथोल्न खोज्दा बाँके काङ्ग्रेस सभापति किरण कोइरालामाथि आक्रमण हुँदा उहाँको देब्रे हात भाँचिएको थियो ।

बैठकमा सांसदहरुले सभापति कोइरालाले प्रहरी समक्ष किटानी जाहेरी दिँदासमेत सरकारले दोशीलाई कारवाही नगरेको र मुख्य दोषीलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री थापासँग स्पष्ट जवाफ माग गरेका थिए ।

गृहमन्त्री थापाले घटनामा संलग्न निर्मल खत्री र रोशन ठकुरीलाई भदौ २८ गते राति २ बजे नै पक्राउ गरिएको संसद्मा जानकारी दिए । उनले बाँके काङ्ग्रेसले कार्यक्रमबारे स्थानीय प्रशासनलाई जानकारी नदिएको भन्दै घटनास्थलमा थप अनुसन्धान एवं शान्ति सुव्यवस्था बिग्रिन नदिन उच्च सतर्कता अपनाइएको बताए । रासस

Loading...