fbpx

रुपन्देहीमा गोली हानी एक व्यक्तिको हत्या

रुपन्देही, २९ भदौ । रुपन्देहीमा अज्ञात समूहले एक जनाको गोली हानी हत्या गरेको छ । रोहिणी गाउँपालिका–३ मा अज्ञात समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका– ५ का ३५ वर्षीय महेन्द्र कुर्मीको हत्या भएको प्रहरीले बताएको हो । प्रहरीका अनुसार मृतक कुर्मी श्रीमतीसँग लु९प ८२३५ नम्बरको मोटरसाइकलमा थिए । मोटरसाइकलमै रहेका दुई जनाले गोली हानेर भागेको प्रहरीले जनाएको छ ।

Loading...