fbpx

तेलुगू फिल्ममा अभिनय गर्दै परमिता

विराटनगर, २९ भदौ । चर्चित अभिनेत्री परमिता आरएल राणाले पहिलोपटक तेलुगू फिल्ममा अभिनय गर्ने भएकी छन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले ‘तेलुगू’ फिल्ममा अभिनय गर्न लागेको खबर सार्वजनिक गरेकी हुन् ।

तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने नाम सार्वजनिक नगरिएको फिल्ममा उनी मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित भएकी छन् । फिल्ममा गोपीचन्दसँग उनको जोडी बाँधिएको हो । उनको अभिनय रहने पहिलो तेलुगू फिल्मको शुक्रबार हैदरवादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ ।

aa

निर्देशनमा डेब्यू गर्न लागेका बिनु सुब्रह्मण्यमले उक्त फिल्मको निर्देशन गर्ने छन् । ठूलो बजेटमा निर्माण हुने फिल्मलाई विभिएसएन प्रसादले निर्माण गर्ने भएका छन् । परमिताले गोपीचन्दसँग फिल्मको मुहूर्तको तस्वीर फेसबुकमा सेयर गर्दै आफ्नो पहिलो तेलुगू फिल्मलाई लिएर निकै उत्साहित रहेको लेखेकी छन् । टलीवुडका सुपरस्टार गोपीचन्दसँग प्रतिष्ठित एसवीसीसी फिल्म ब्यानरबाट पहिलो तेलुगू फिल्ममा अभिनय गर्न पाउँदा आफूलाई गर्व भएको र सम्मानित महसूस गरेको बताएकी छन् ।

एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्ममा मणि शर्माले संगीत भर्नेछन् । अर्को वर्षको जुनबाट फिल्मको नियमित छायांकन सुरु हुने पक्का भएको छ । उनले नेपाललाई देशमाझ चिनाउने बाचा गरिन् । उनले ‘चपली हाईट २’ बाट नेपाली सिने क्षेत्रमा डेब्यू गरेकी हुन् । यसपछि उनले ‘रोज’, ‘चंगा चेट’, ‘द म्यान फ्रम काठमाडौं’ जस्ता फिल्महरूमा अभिनय गर्नुका साथै आफैँले गएको केही गीतहरूसमेत सार्वजनिक गरेकी छन् । उनले अभिनय गरेका फिल्महरूमध्ये कुनैले पनि बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन ।

विशेषगरी प्रेम र ब्रेकअपका कारण चर्चामा रहने परमिता अहिले उनी सिंगल छन् । अहिले उनको हातमा कुनै फिल्म पनि छैन । उनी अभिनीत फिल्म ‘द कर्मा’ प्रदर्शनको पखाईमा छ । निर्माण टिमले अझैसम्म प्रदर्शन मिति तय गरेको छैन ।

Loading...