fbpx

नाटक महोत्सवको आज अन्तिम दिन ‘परिवेश’ मञ्चन हुँदै

विराटनगर, २९ भदौ । आरोहण–गुरुकुल विराटनगरमा जारी रहेको विद्यालय नाटक महोत्सवमा आज ‘परिवेश’ मञ्चन हुने भएको छ । भाद्र २० गतेदेखि विद्यालय नाटक महोत्सवको अन्तिम दिन आज हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलको नाटक ‘परिवेश’ अपरान्ह ४ बजेबाट मञ्चन हुने भएको हो ।

महोत्सवमा आज आइतबार रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक ई. टिचिङका विद्यार्थीह मा ‘परिवेश’ मञ्चन,ले ‘परिवेश’ मञ्चन गरेर महोत्सव समापन गरिने भएको छ । भदौ २० गतेबाट सुरु महोत्सवमा हिजो शनिबार ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ मञ्चन भएको थियो । श्री रविशंकर विद्या मन्दिरले महोत्सवको नवौँ दिनमा हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा नाटक मञ्चन गरेको हो ।

प्रशिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरद्वारा लिखित नाटक शिक्षिका सीमा अग्रवालले निर्देशन गरेकी थिइन् । नाटकमा अभिनय गर्ने कलाकारहरूलाई प्रदेश १ का प्रदेशसभा सदस्य सावित्रा रेग्मीले खादा ओडाएर सम्मान गर्दै आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले मायाको चिनो प्रदान गरेका थिए ।

Loading...