fbpx

ट्रेड यूनियन कांग्रेसबाट बिद्रोह गर्दै औैधोगिक श्रमिक ट्रेड यूनियन घोषणा

अकवर अली
सुनसरी (दुहबी), २८ भदौ । सुनसरीको दुहवीमा नेपाल ट्रेड यूनियन कांग्रेसबाट बिद्रोह गर्दै मजदुर नेताहरुले नयाँ ट्रेड यूनियन घोषणा गरेका छन ।
दुहबीमा शनिवार औपचारिक भेला आयोजना गरि अध्यक्ष सुरेशकुमार भगतको नेतृत्वमा १७ जनाको केन्द्रिय समिति रहनेगरि औैधोगिक श्रमिक ट्रेड यूनियन राष्ट्रिय समितिको घोषणा गरेका हुन ।
समितिको बरिष्ठ उपाध्यक्षमा ज्ञानचन्द चौधरी, महासचिव हरिनारायण तव्दार, सचिवमा रन्जित कुमार चौधरी, कोषाध्यक्ष रामनारायण चौधरी सदस्यहरु छन ।
दुहवी पाटी प्यालेसमा समपन्न भएको उक्त्त घोषणा सभालाइ सम्बोधन गर्दै नेपाल औधोगिक श्रमिक ट्रेड यूनियनका केन्द्रिय अध्यक्ष सुरेश कुमार भगतले नेपाल ट्रेड यूनियन कांग्रेसमा योगदान गर्नेहरुलाइ पाखा लगाएर ठुला नेताहरुले आफुखुसी गर्न थालेपछि स्वतन्त्ररुपमा नेपाल औधोगिक श्रमिक ट्रेड यूनियनको स्थापना गर्न बाधय भएको बताए । नेपाल ट्रेड यूनियन कांग्रेसक नेताहरुले मजदुरहरुको हक हितकालागि काम गर्नुको साटो ठुला–ठुला व्यवसायी र उद्योगीहरुसँग मिलेमतो गरि मजदुरहरुको भविश्यसँग खेलवाडगरेको उनले आरोप लगाए । घोषणा सभाका प्रमुख अतिथि १ नम्वर प्रदेश सभा सदस्य चुमनारायण तवदारले शुभकामना मन्तव्य दिनुहुँदै विभेद गरेपछि विद्रोहको अवस्था सृजना भएको बताए । श्रमिक ट्रेड यूनियनका बरिष्ठ उपाध्यक्ष ज्ञानचन्द चौधरीले सुनसरी–मोरङका १३ ओटा कारखाना इकाइ समितिले आधिकारिक प्रमाण पत्रन परिवर्तन गरेर श्रमिक ट्रेड यूनियनमा आवद्ध भएको जानकारी गराए ।

Loading...