fbpx

‘के पर्‍यो कान्छाको पूरा नाम’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, २८ भदौ । ‘के पर्‍यो कान्छाको पूरा नाम’ भन्ने म्युजिक भिडियो सार्वजनिक भएको छ । धनवीर पुनको शब्द रहेको गीतलाई रीता के.सी र ध्रुब बीसकोले स्वर दिएका छन् । गीतको भिडियोलाई रिता के.सीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो

सार्वजनिक गरिएको गीतमा रिता के.सी र ध्रुब बीसकोका साथै कलाकार गम्भीर बिस्ट र नायिका नम्रता सापकोटाको प्रस्तुति रहेको छ । डान्सिङ्ग नम्बर भनिएको गीतमा सुबोल थापाले गम्भीर र नम्रतालाई आफ्नो कोरियोग्राफीमा नचाएका छन् । गम्भीरकै निर्देशनमा तयार भएको गीतको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।

दीपक शर्माले कम्पोज गरेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । अशोक महर्जनले मिक्स गरेको गीतलाई कुमार केसीले रेकर्ड गर्न सहयोग गरेका छन् ।

Loading...