fbpx

पत्रपत्रिकामा प्रदेशः प्रहरीकै स्कर्टिङमा चिसाङ खोलाबाट ढुंगा गिट्टी तस्करी

विराटनगर २८ भदौ । सरकारले असारदेखि तीन महिना खोला उत्खनन् गर्न रोक लागएको भएपनि मोरङको ढुंगा गिट्टी उत्खनन् भइरहेको छ ।

कानेपोखरीबाट अहिलेपनि धमाधन ढंगा गिट्टी निकाल्ने काम भइरहेको ब्लाष्ट टाइम्समा मुख्य समाचार छ । स्थानीय सरकारले खोला ठेक्का लगाउने तयारी गरिरहँदा चिसाङ पुलको उत्तर तथा दक्षिण क्षेत्रबाट ढुंगा गिट्टी ट्याक्टरमा निकालेर राती गाउँमा लगेर बेच्ने गरिएको छ । सरकारले नै प्रतिवन्ध गरेको उत्खनन् प्रहरीले रोक्नु पर्ने भएपनि अस्थायी प्रहरी चौकी कानेपोखरीका प्रहरीले भने उल्टै स्कर्टिङ गर्ने गरेको समाचार छ ।

ब्लाष्ट टाइम्समै पुराना अपराधका फाइल खोज्दै इटहरी प्रहरी शिर्षकमा अर्काे समाचार छ । इटहरीमा भएका ठुला अपराधका पुराना घटनाको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । लामो समयदेखि टुंगोमा नपुगेका पुराना फाइल खोज्ने इटहरीका नयाँ प्रहरी नायव उपरक्षक धर्मराज भण्डारीले बताए । भर्खरै सरुवा भएर आएका भण्डारीले पुराना अपराधका घटनाका अनुसन्धानरत फाइललाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

धेरै सांसदलाई उच्च रक्तचाप शिर्षकमा उद्घोषमा समाचार छ । प्रदेश नम्बर १ का प्रदेश सभाका अधिकांश सांसदहरुमा उच्च रक्तचापको समस्या देखिएको छ । प्रदेश सभामा सांसदहरुको लागि प्राथमिक स्वास्थ्य उपचार शाखाले नियमित स्वास्थ्य परिक्षण गर्दै आएको छ । स्वास्थ्य परिक्षण गरेका सांसदहरुको साउन महिनाको तथ्यांक अनुसार उच्च रक्तचापको समस्या भएका सांसदको संख्या ४० रहेको छ ।
जिल्ला अदालत मोरङले अदालती फैसला कार्यान्वयन लागि मुद्धाको लागत निकालेर जिल्ला भरको वडा वडामा पुर्याउने भएको छ । दण्ड जरिवाना र कैद सजाय भुक्तानी हुन बाँकी भएकाहरुको तीन पुस्ते नामावलीसहित वडा वडामा पठाउने तयारी भइरहेको श्रेष्तेदार ईश्वरमणि ओझाले बताए ।

प्रवेश परिक्षा लिएर नतिजा ननिकाल्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । अदातलको आदेशपछि शनिबार (आज) परिक्षा सञ्चालन गर्ने तर परिक्षाफल भने अदलतको अर्काे आदेश नआएसम्म प्रकाशन नगर्ने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनालले बताए । अदालतले शुक्रबार अन्तरिम आदेश दिएको हो । प्रवेश परिक्षामा देशभरबाट करिब ५ हजार ५ विद्यार्थी सहभागि हुने छन् । न्यायधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रवेश परिक्षा लिन तर नतिजा प्रकाशन तथा भर्ना लगायतका प्रकृया भने अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

Loading...