fbpx

भारतबाट खेल्ने सपना पूरा गर्न क्याप्टेन अंशुमनले हङकङ क्रिकेट छोडे

विराटनगर २७ भदौ । भारतीय क्रिकेट टिमबाट खेल्ने इच्छा राख्दै हङकङ राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन अंशुमन रथ ले हङकङबाट नखेल्ने भएका छन् ।

२१ वर्षीय रथ २०२० मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको लागि हङकङले टिममा देखिने छैनन् । उनले भारतीय क्रिकेटर भएर खेल्न आफ्नो सपना पुरा गर्ने बेला भएको भन्दै हङकङको क्याप्टेनशिप छोडेका हुन् । इमार्जिङ क्रिकेटमा अंशुमनले भारतको राष्ट्रिय टिममा पर्ने लक्ष्य बनाएर हङकङ क्रिकेट छाडेको जनाएको छ ।

भारतीय मुलका खेलाडी अंशुमन रथले आफुलाई यो स्थानसम्म हङकङ क्रिकेट ल्याएको भन्दै खेलाडी, टिम, स्टाफ सबैलाई धन्यवाद दिएका छन् । १२ वर्षको उमेरदेखि हङकङको टिममा जोडिएका उनले जन्मभूमि हङकङबाट खेल्न पाएकोमा पनि गर्व लाग्ने बताए ।

हङकङ क्रिकेटमा अंशुमन कप्तान रथले १८ एक दिवसीय खेल खेलेका छन् । उनले एक शतक र सात अर्धशतक सहित ८ सय २८ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले २० खेल खेल्दा ३ सय २१ रन बनाएका छन् । उनी बाबर हायातपछि हङकङ राष्ट्रिय टिमको क्याप्टेन भएका थिए ।

Loading...