fbpx

पत्रपत्रिकामा देशः गृहमन्त्रीका भाईको गुन्डा नाइकेसँग कनेक्सन

विराटनगर २७ भदौ । कान्तिपुर दैनिक र नागरिक दैनिकले फिरौती संकलनमा गृहमन्त्री रामबहादुर थापा बादलका भाई नरेशकुमार थापाको संलग्नताका विषयमा मुख्य सामाचार बनाएका छन् ।

पक्राउ परेका बादलका भाईसहित ७ जनासँग जिल्ला अदालत काठमाडौंले बयान लिन शुरु गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान प्रतिवेदन सहितको फाइल आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्त केन्द्रीय कारागारमा रहेका समीरमान बस्नेतसँग मिलेर फिरौती संकलन धन्दा चलाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

ब्युरो श्रोतका अनुसार पवन खड्का, सुरेन नगरकोटी, शैलेश प्रजापती, विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुन मगरलाई पक्राउ गरेको हो । सबैको बयान नसकिएकोले उनीहरुलाई शुक्रबार र शनिबार हिरासतमै राखिने छ ।

भूमाफियाको स्वार्थमा भूमि विधेयक शिर्षकमा नागरिक दैनिकमा खबर छ । प्रतिनिधि सभाले भूमाफियाको प्रभावमा परेर कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले भोगचलन गरिरहेको जग्गा नेपाल सरकारले तोकेको सर्तमा सट्टापट्टा वा अर्काे ठाउँमा स्थानान्तरणकोलागि स्वीकृती दिन सक्ने व्यवस्था गरेको छ । विधेयकको अधिकांश प्रावधान भूमाफिया र उद्योगको नाममा हदबन्दी भन्दा धेरै जग्गा लुकाएर राख्नेको स्वार्थमा विधेयक ल्याइएको छ । प्रतिनिधि सभाबाट पारित भूमिसम्बन्धि ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा मन्त्रालयले राजपत्रमा आदेशको सुचना प्रकाशित गरेर सरकारसँग स्वीकृत नलिई हदबन्दी भन्दा बढी जग्गा सामान्य दस्तुरमा एकपटकलाई राख्न छुट दिने व्यवस्था गरेको छ ।
अन्नपूर्ण पोष्टमा लोकसेवालाई छलेर करारमा भर्ती शिर्षकमा मुख्य समाचार छ । सरकारले आयोगलाई छलेर ठुलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्न लागेको छ । ठुला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषदले हजार भन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर यसबारे लोकसेवा आयोगलाई जानकारी छैन् ।

चीनले अप्mना नागरिकलाई कुरा नबुझि नेपालीसँग विवाह नगर्न सचेत गराएको समाचार कान्तिपुर दैनिकमा छ । चिनियाँ र नेपालीबीच अन्तरदेशीय अवैध विवाहका बुँदा समेत समेटेर चीनले पर्यटक लक्षित १२ बुँदे ट्राभल एड्भाइजरी जारी गरेको हो । पछिल्लो समय विवाहका नाममा नेपाली यूवती चीनतर्फ तस्करी भएका समाचार सार्वजनिक भएका छन् । चीनले राम्ररी कुरा नबुझि विवाह नगर्न आफ्ना नागरिकलाई सतर्क गराएको हो ।

Loading...