fbpx

पत्रपत्रिकामा प्रदेशः यातायात विधेयक पारित

विराटनगर २७ भदौ । बिहीबारको प्रदेश १ प्रदेश सभा बैठकले यातायात विधेयक पारित गरेको समाचारलाई उद्घोष दैनिक तथा नागरिक पूर्वेलीले मुख्य समाचार बनाएका छन् ।

विधेयकमा परेका संसोधन प्रस्तावमाथि बुधबार नै छलफल भएको थियो । बिहीबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले संसोधनकर्ताका विषयमा जवाफ दिएका थिए । उनले संसोधनका अधिकांश बुँदाहरुलाई स्वीकार गरेका छन् । ११ जना सांसदहरुले ४ वटा संसोधन प्रस्ताव दर्ता गराएका थिए ।

 

विधेयकमा गोपालचन्द्र बुढाथोकी, साबित्री जोशी, लिलम बस्नेत, राजकुमार ओझा, ज्ञानेश्वर राजवंशी समूहको तर्फबाट संसोधनकर्ता सांसदहरु श्रीप्रसाद मैनालीले धेरै बुँदाहरु समेटिएकोले संसोधनका अन्य ८ बुँदा फिर्ता लिएको बताए ।

कोशीपत्र दैनिकमा डीआईजीले थाले भिडियो कन्फ्रेन्स शिर्षकमा समाचार छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्लाको शान्ति सुरक्षाको अवस्था बुझ्न भिडियो कन्फ्रेन्स शुरु गरेको छ । प्रदेश प्रहरी कार्यालयले सिधै १४ जिल्लाका प्रहरी प्रमुखसँग कन्फ्रेन्समा जोडिएर जिल्लाको अवस्था, काम कारवाही, र आवश्यक निर्देशन दिन थालेका हो । प्रदेश प्रहरी प्रमुख डिआईजी ठाकुरप्रसाद ज्ञवालीले बुधबार १४ जिल्लाका प्रहरी तथा ट्राफिक प्रमुखसँग भिडियो कन्फ्रेन्स गरेका हुन् ।

ब्लाष्ट टाइम्समा डेंगु संक्रमितको मृत्यु शिर्षकमा मुख्य समाचार छ । विराटनगर स्थित शिक्षादिप कलेजका छात्र एक विद्यार्थीको डेंगुको संक्रमणबाट मृत्यु भएको छ । विराटनगर ९ स्थित भूमि प्रशासन चौकका १८ वर्षीय अविनाश शर्माको उपचारको क्रममा मृत्यु भएको हो । विराटनगरमा फर्निचर उद्योग संचालन गरिरहेका राजकुमार शर्माका छोरा अविनाशलाई भदौ २० गतेदेखि सामान्य ज्वरो आएको थियो । सप्तकोशी नर्सिङ होममा परिक्षण गराउँदा डेंगुको संक्रमण देखिएको थियो । घरमै राखेर औषधि खुवाउदै आएपछि दुईदिन पछि ज्वरो बढ्नुका साथै वान्ता हुन थालेपछि अस्पताल भर्ना गरिएपनि उनको मृत्यु भएको हो ।

शैलजा पोलिटेक्निकको प्रशासनमा ताला शिर्षकमा जनविद्रोह दैनिकमा खबर छ । मोरङको जहदा गाउँपालिकामा रहेको शैलजा आचार्य पोलिटेक्निकमा कार्यरत कर्मचारी र प्रशिक्षकले न्यूनतम सेवा सुविधाको माग गर्दै बुधबार प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले माग पुरा नभए गुठी केन्द्रीय कार्यालयमा पनि तालावन्दी गर्ने चेतावनी दिएका छन् । कृष्णप्रसाद कोइराला सेवा गुठी र सिटिईभिटीको संयुक्त साझेदारीमा सञ्चालित पोलिटेक्निकमा ७० जना प्रशिक्षक र कर्मचारी छन् । सञ्चालक समितिलाई पटक पटक न्यूनतम सेवा सुविधा उपलब्ध गराउन माग गरेपनि सुनुवाई नभएपछि तालावन्दी गर्नु परेको कर्मचारीहरुले बताए । नर्सीङ संयोजक शशीकला तिवारीले माग लिएर जाँदा सञ्चालक समितिका पदाधिकारीले धम्काउने गरेको बताइन् ।

Loading...