fbpx

भारत र चीनका सेनाबीच भिडन्त

नयाँ दिल्ली २६ भदौ । भारत- चीन सिमावर्ती क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको छ । १३४ किलोमिटर लामो पैंगोंग तालको उत्तरी किनारामा दुई देशका सैनिकहरुबीच लामो समयसम्म हात हालाहालको स्थिती रहेको थियो ।

साँझसम्म भएको संघर्षपछि दुबै देशका सैनिकको संख्या बढाएको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत का हिस्सा भएको बताउँदै आएको छ । त्यहाँ भारतीय नेताहरुको भ्रमणको समेत विरोध गर्दै आएको छ । फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाचल प्रदेश भ्रमण गर्दा चीनले आपत्ति जनाएको थियो । २०१७ सन्मा सिक्किममा सीमा क्षेत्रमा भारत र चीनबीच दोक्लाम क्षेत्रमा विवाद भएको थियो ।

newss
दुबै देशका सेनाबीच भएको यो भिडन्तले फेरी युद्धको स्थिती आएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतीय सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल शंकर प्रसादले भारत र चीनले सीमा विवाद सुल्झाउन नसक्दा दुबै देशका सेनाबीच यस्ता भिडन्तहरु बढ्दै गएका छन् । गत वर्ष दोक्लाममा करिब ८० दिन यस्तै तनावको स्थिती रहेको थियो । लामो कुटनीतिक छलफलपछि दोक्लामको विवाद सुल्झिएको थियो ।

Loading...