fbpx

जापानले आणविक उर्जा केन्द्र खारेज गर्ने

टोकियो २६ भदौ । जापानका नव नियुक्ति वातावरण मन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक उर्जा केन्द्रहरु हटाउने बताएका छन् । जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गर्दै कोइजुमीलाई वातावरण मन्त्रीमा नियुक्ति गरेका हुन् । ३८ वर्षीय शिन्जिरो पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् ।

शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुन् । बुधवार राती गरेको एक सम्बोधनको क्रममा उनले जापानका आणविक उर्जा उत्पादन केन्द्रहरु खारेज गर्ने धारणा राखेका हुन् ।

newss

आणविक उर्जाको बारेमा सरकारले गरेको योजनाको बारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा उनले आणविक उर्जा केन्द्रको खारेजी गर्ने योजना रहेको बताए । जापानमा सन् २०११ मा आणविक दुर्घटना भएको भन्दै उनले अब यस्तो हुन नदिने बताए । यदि आणविक केन्द्रलाई राखिए जापान ध्वस्त हुने उनको भनाई छ ।

Loading...