fbpx

फरार अभियुक्त २१ वर्षपछि पक्राउ

उदयपुर २६ भदौ । जबरजस्ती गरेको गरेको अभियोगमा सजाय सुनाइएका एक जना २१ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत उदयपुरले चार वर्ष कैद सजाय सुनाएका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४३ वर्षीय हरिनारायण सदालाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

newss

सिरहाको लहानमा लुकीछिपी बस्दै आएका सदालाई उदयपुरबाट गएको प्रहरीको टोलीले पक्राउ गरेर उदयपुर पुर्याएको छ । सदालाई जिल्ला कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताए । सदाले २०५२ सालमा एक महिलालाई त्रियुगा नदीको पुलमा जबरजस्तीकरणी गरी फरार भएका थिए ।

Loading...