fbpx

डोरियन आँधीमा परि २५ सय बेपत्ता

अमेरीका २६ भदौ । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन आँधीका कारण करिब २ हजार ५ सय जना बेपत्ता भएको सरकारी समाचार स्रोतले जानकारी दिएको छ ।

भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेपत्ताहरुको जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको उद्धारकर्ताले बताएका छन् । उनीहरुले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् । गत शुक्रबारसम्म आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको थियो । थप केही शवहरु भेटिए पछि मृतकको सङ्ख्या ५० पुगेको हो ।newss

बहमास द्वीपका नागरिकका लागि डोरियन “इतिहासकै दुःखान्त” भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताए । आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् ।

Loading...