fbpx

दशैँको टिकट असोज ५ गतेदेखि खुल्ने

काठमाडौं २६ भदौ । बडादशैंमा काठमाण्डौंबाट घर फर्किनेहरुकोलागि असोज ५ गतेदेखि टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने बताए ।

यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच बिहीबार टिकट बुकिङ असोज ५ गतेदेखि खोल्ने सहमति भएको हो। भाडा समायोजनको विषयमा भने कुनै छलफल नभएको र यसको जिम्मा सरकारलाई दिँदै ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको महासंघका प्रवक्ता सरोज सिटौलाले जानकारी दिए ।

newss

उनले देशभर बिग्रिएका सडक मर्मत गर्न समेत सरकारसँग माग गरिएको बताए । ग्रामीण सडकदेखि राजमार्गका सबै खाल्डाखुल्डी तीव्र रूपमा पुर्न यातायात व्यवसायीको माग छ ।

Loading...