fbpx

कंगोमा रेल दुर्घटना : ५० जनाको को मृत्यु

कङ्गो २६ भदौ । लोकतान्त्रीक गणतन्त्र कङ्गोमा बिहीबार भएको रेल दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । लिकबाट छुट्टिएर रेल बिहान दुर्घटना भएको मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा दुर्घटनको जानकारी राखेका छन् । उनले स्थानीय समय अनुसार विहान ३ बजे ताङगणन्यिक प्रान्तको मायिबारीदीमा रेलले लिक छाडेकोले दुर्घटना भएको ट्विटमा उल्लेख गरेका छन् । दुर्घटनामा अहिलेसम्म ५० जनाको मृत्यु भएको अन्य धेरै घाइते भएका उनले बताए ।

newss

कङ्गोमा रेल मार्गको अवस्था अत्यन्त कमजोर रहेको कारण रेल यात्रा असुरक्षित मानिन्छ । खराब अवस्थाको रेल मार्गका कारण धेरै दुर्घटना हुने र धेरै जनाको ज्यान जाने गरेको छ । गत मार्चमा भएको दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए ।

Loading...