fbpx

‘हाजार्ड र लुइज छैनन् तर पनि चेल्सीले उपाधि जित्न सक्छ’

एजेन्सी, २६ भदौ । ब्राजिलका स्टार खेलाडी विलियनले यस सिजन चेल्सीले केही उपाधिहरू जित्न सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् । ‘स्काई स्पोर्ट्स’सँगको कुराकानीमा विलियनले विश्वासका साथ चेल्सीले यो सिजन केही उपाधिहरू जित्न सक्ने बताएका हुन् ।

game

क्लबमाथि आफ्नो अपेच्छा धेरै नै रहेको बताउँदै उनले काराबाओ कप, एफएक कप र च्याम्पियन्स कपमध्ये एक उपाधि चेल्सीले जित्न सक्ने बताए । उनले भने, ‘मेरो विचारमा चेल्सीले यस सिजन केही उपाधिहरू जित्नेछ । मलाई थाहा छ, यो सिजन हामीलाई उपाधि जित्न कठिन छ । यो एकदमै कठिन छ, जब तपाईंले डेभिड लुइज र इडेन हाजार्ड जस्ता खेलाडीलाई गुमाउनु हुन्छ । त्यहाँ गाह्रो नहुने कुरा भएन । तर पनि चेल्सीले यो सिजन केही उपाधिहरू जित्नेछ ।’

newss

लुइज र हाजार्ड नहुँदा पनि आफूहरूसँग केही क्षमतावान युवा खेलाडी भएको उनले बताए । उनले भने, ‘उनीहरू नहुँदा पनि हामीसँग केही क्षमतावान युवा खेलाडी छन्, जसले धेरै कुरा साबित गर्न सक्छन् । र, भविष्यमा एक उत्कृष्ट खेलाडी लिग वानबाट आउँदैछन् । मेरो विचारमा हामीसँग एउटा उत्कृष्ट टिम छ ।’

यस्तै आफ्नो क्लब एक ठूलो क्लब भएको बताउँदै उनले चेल्सी प्रत्येक प्रतियोगितामा जित्ने योजनाका साथ मैदानमा लागिपर्ने बताए । यसमा केही कुनै शंका छैन कि खेलाडीहरू र प्रशिक्षक प्रत्येक वर्ष केही जित्न चाहान्छन् । र, मलाई लाग्छ यो वर्ष हामी फेरि गर्न सक्नेछौं ।’

विलयमले हालै मात्र चेल्सीको प्रशिक्षकको रूपमा क्लबमा आएका फ्रांक लाम्पार्ड क्लबका लागि उचित व्यक्तित्त्व भएको बताएका छन् । ‘उनीसँग काम गर्न पाउनु खुशीको कुरा हो । उनी महान् छन् । उनीसँग प्रशिक्षणको राम्रो दखल छ । मलाई लाग्छ, उनको छत्रछाँयामा गरेको प्रशिक्षणले धेरै कुरा हासिल हुनेछ ।’

Loading...