fbpx

नाजेझ्दा कप फाइनल : पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

विराटनगर, २६ भदौ । किर्गीस्तानमा जारी नादेझ्दा कपको फाइनल खेलमा अहिले नेपाल र उज्वेकिस्तानले खेलिरहेका छन् । काराकोलस्थित सेन्ट्रल स्टेडियममा भइरहेको उक्त खेलको पहिलो हाफ बित्दा नेपाल १–० गोलले पछि परेको छ ।

नेपाली डिफेन्डरको गल्तीमा नेपालले ३९ औं मिनेटमा गोल खाएको छ । तुलनात्मक रूपमा नेपालभन्दा बलियो टोली उज्वेकिस्तानले पहिलो हाफमा अग्रता बनाएको हो । आज दुवै टोली उपाधि जित्ने योजनासहित मैदानमा उत्रिएका छन् ।

newss

फिफा वरीयतामा उज्वेकिस्तान नेपालभन्दा धेरै अगाडि छ । फिफा र्याङ्किङमा उज्वेकिस्तान ४४औं स्थानमा छ भने नेपाल १०१ औं स्थानमा छ ।

Loading...