fbpx

प्रत्येक बिहीबार राति जिग्री र पाँडेको ‘सक्किगो नि’

काठमाडौं, २६ भदौ । भद्रगोलमा कुमार कट्टेल ‘जिग्री’ले बोल्ने ‘सक्किगो नि’ थेगोबाट नाम जुराइएको हाँस्य टेलिश्रृंखला हरेक हप्ता बिहीबार प्रदर्शन गरिने भएको छ । भद्रगोल टेलिसिरियलबाट छुट्टिएर गएको टोलीले निर्माण गर्ने ‘सक्किगो नी’ नेपाल टेलिभिजनमा बिहीबार राति ८:५० बजे र ओएसआर डिजिटलको युट्युबमा राति ९ः३० बजे हेर्न सकिनेछ ।

उक्त सिरिजलाई अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)ले नै लेखन तथा निर्देशन गर्ने भएका छन् ।

‘सक्किगोनि’मा ‘भद्रगोल’मा देखिँदै आएका अधिकांश कलाकारहरु रहने छन् । जिग्री र पाँडे सहित सागर लम्साल (बले), हरि निरौला (कक्रोच), मधुसुधन पाठक (सितेबा), रक्षा श्रेष्ठ, कमलमणि नेपाल (खुपीका बाउ), दीपक आचार्य, गोविन्द कोइराला, प्रियाना आचार्य (मुन्नी), सुबोध गौतम लगायतका कलाकारको अभिनय रहने भएको छ ।

टेलिश्रृंखलालाई जिग्री र पाँडे मिलेर स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत निर्माण गरिदै छ । टेलिश्रृंखला निर्माण गर्नका लागि सबै तयारी पूरा भइसकेको र भद्रगोल कै पात्रहरु र कथा वस्तुमा आधारित भएर निर्माण गरिने टेलिश्रृंखलालाई प्रशारण गर्नका लागि नेपाल टेलिभिजनसँग प्रत्येक बिहीबारको समय आफूहरुले खरिद गरिसकेको पनि जानकारी दिएका छन् ।newss

कलाकारहरुले समयमा पैसा नपाएको गुनासो गर्दै कार्यक्रमको यूट्युव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेपछि उत्पादक मिडिया हवसँग बिवाद भएको थियो । भद्रगोलबाट छुट्टिएका पूर्व निर्देशकहरु कुमार र अर्जुनको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गरेका हुन् ।

Loading...