fbpx

युरिक एसिड हुँदा के खाने, के नखाने ?

कुनै पनि जीवको प्रत्येक कोषमा डिएनए वा आरएनए हुन्छ ? जसले प्राणीको बङ्गशाणुगत सन्देश अर्को कोषमा वा सन्तानमा सार्ने काम गर्छ र उक्त कोषले जुन बङ्गशाणुगत सन्देश आँफुमा छ त्यही अनुसार व्यवहार गर्छ । डिनए वा आरएनए हरु नियेमित रुपमा टुक्रिएर खानामा पाइने प्युरिन भन्ने एउटा तत्त्वसँग पचेर अन्तिममा युरिक एसिड बन्छ ।

डाक्टर कल्याण सुबेदीका अनुसार मानव शरीरको कोषहरु विभिन्न कारणले मर्दा वा मासु, गेडागुडी तथा तरकारी जस्ता जीवित कुराहरु खाँदा वा जीवित कुराहरुबाट बनेका कुराहरु खाँदा अन्तिममा ति जिबका कोषहरु टुक्रिएर युरिक एसिड बन्ने गर्छ । शरीरमा बनेको युरिक एसिड मृगौलाबाट छानिएर पिसाब हुँदै बाहिर निस्कन्छ । यो हरेक मानिसको शरीरमा हुने नियेमित प्रक्रिया हो । मिर्गौलाले युरिक एसिडलाई छान्ने काम गर्छ ।

मिर्गौलाले युरिक एसिड राम्ररी फाल्न नसक्दा वा शरीरले फाल्न सक्ने क्षमता भन्दा बढी उत्पन्न हुदा युरिक एसिड बढ्नु त स्वाभाविक नै हो तर, कहिले काँहि उपवास वा तिव्र रुपमा तौल घटाउने चाहना, शारीरिक श्रम नगर्ने, धेरै प्रोटिनयुक्त खानेकुरा, शरीरमा इण्डोक्राइन रोग, क्यान्सर, केमोथेरापी, एनिमिया, दीर्घकालीन रक्सीको सेवन, मधुमेह, रक्तचाप, मोटोपन, विभिन्न औषधिको सेवन गर्ने मानिसमा युरिक एसिड बढ्ने सम्भावना बढी हुन्छ ।

प्युरिन तत्त्व धेरै भएको खाना धेरै खान्छौं वा अन्य धेरै कारणले युरिक एसिडको मात्रा शरीरको रगतमा धेरै हुन जान्छ । सामान्य रूपमा शरीरका जोर्नीहरू दुख्ने, झमझम गर्ने, हातखुट्टाको मासुमा पिडा हुने, जोर्नीहरू कक्रक्क हुने, तिघ्राको मासु फत्रक्क गल्ने आदि समस्या युरिक एसिड बढेका लक्षण होइनन् । राति सुतेको मान्छे बिहान उठ्दा हातका औंला, खुट्टाको औंलाको जोर्नी सुन्निने तथा दुखाईको महसुस हुन्छ भने युरिक एसिड भएको हुनसक्छ ।यदि शरीरमा केही प्रकारको पिडा पहिले बाटै छ वा थियो भने बढेको यूरिक एसिडले उक्त दुखाइलाई झनै बढाउने गर्दछ ।

यो रोगले शरीरको सानो सानो हाडजोर्नीहरुमा असर पुर्याउने हुँदा पछि भविष्यमा गएर यसले जार्नीको दुखाई, वाथ रोग, हड्डीमा गाठो, मृगौलामा पथरी तथा मृगौला बिग्रिने लगायतको समस्या निम्त्याउने गर्छ ।

नियमित खान हुने कुराहरुमा प्रसस्त मात्रामा पानी, मौसम अनुसारको फलफूल, हरियो तरकारीहरू, दुध( दहि, दुधबाट बनेको चिज, पनिर, अण्डा, आटाले बनेको पाउरोटी, भात, बदाम, ओखर, बेरी, कागती आदि तथा क्याल्सियम तथा प्रोटिनयुक्त खानाको सेवन बढाउनुपर्छ ।

खानामा १५० ग्राम जति माछा मासु हप्ताको २–३ दिन, गेडागुडी र दालहरु हप्ताको ३ देखि ४ दिनसम्म, साग, केराउ, काउली, र च्याउ हप्ताको ३ दिन, बियर बाहेकका रक्सीहरु थोरै मात्रामा हप्तामा १ देखि २ दिनसम्म खान सकिन्छ ।

खानै नहुने वा सकेसम्म कम खाने कुराहरुमा मासुमा मांशपेशी बाहेकका अंगहरु जस्तै जिब्रो, कलेजो, गिदी, मृगौला आदि, मासुको ग्रेबी, बियर, मैदा पिठोका परिकार, गुलियो खानेकुरा, चुरोट, खैनी, रक्सि, बियरजस्ता पदार्थको सेवन, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट ड्रिँक, चकलेट पर्छन् ।

Loading...