fbpx

कृषिलाई प्रतिस्पर्धी व्यवसायको रुपमा विकास गर्न सुझाव

विराटनगर,२६ भदौ । भौगोलिक अवस्था र हावापानीको विविधताका आधारमा कृषिलाई प्रतिस्पर्धी व्यवसायको रुपमा विकास गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले उदयपुरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले बातावरण सुहाउँदो कृषिलाई प्रतिस्पर्धी व्यवसायको रुपमा विकास गर्न सकिने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहराले कृषिलाई औद्योगिकरण गरी गरिबी न्यूनिकरण र आर्थिक विकास गर्न सकिने सम्भावना रहेको बताए । खाद्य तथा अन्य कृषि वस्तुहरुको आयात प्रतिस्थापन तथा उच्च मुल्यका कृषि उपजको निर्यात गर्न सकिने उनले बताए ।

कृषि क्षेत्रको रुपान्तरण र बजार विकासका लागि मण्डी, वेयर हाउस, शीतभण्डार र निर्यात गृहको स्थापना गरी किसानका लागि मुल्यको सुनिश्चितता प्रदान गर्नुपर्ने बताए । कृषकलाई प्रोत्साहन गर्न कृषि विमाको व्यवस्था र न्यूनतम् समर्थन मुल्यको व्यवस्था गर्नुपर्ने बताउँदै उनले गुणस्तर मापदण्डको विकास गरी ब्राण्डिङमा ध्यान सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

बैंक तथा वित्तीय संस्था, र उत्पादकबीच समन्वयात्मक ढंगले अघि बढ्नु पर्ने बताउँदै उनले वेयर हाउसलाई वित्तीय क्षेत्रसँग जोडेर वेयर हाउस रेसिप्टका आधारमा बैंकले ऋण दिने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्नु पर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका तर्फबाट अर्थशास्त्री डाक्टर अर्जुन बरालले प्रदेश नं. १ मा कृषि क्षेत्रको प्रवद्र्धन र लगानीका अवसरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

newss

कार्यक्रममा सहभागी उद्यमी, व्यवसायी तथा कृषकहरुले गाइघाट, कटारी र बेलका नगरपालिका बजार क्षेत्रमा आलु, ताजा तरकारी र फलपूmल लक्षित शीत भण्डारणगृहहरु निर्माण तथा सार्वजनिक नीजि सहकारी सहकार्यमा सञ्चालन गर्नु पर्ने बताएका थिए । बेसार, तेजपात÷सिन्कौली, खसीबाख्रा, ताजा तरकारी,  जुसका लागि उखु, तथा कृषि पर्यटनको व्यवसायिक उत्पादन तथा निर्यात प्रवद्र्धनमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको व्यावसायीको भनाई थियो ।

त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतको अध्यक्षतामा भएको कार्यक्रममा उदयपुर उद्योग वाणिज्य संघ, वेल्टार बसाहा उद्योग वाणिज्य, बेलका उद्योग वाणिज्य संघ, उदयपुर गढी उद्योग वाणिज्य संघ, रौता उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, कृषि व्यवसायमा संलग्न व्यवसायी तथा कृषकहरुको सहभागिता थियो ।

Loading...