fbpx

श्रीकृष्ण लुइँटेलको भटभटेमा सार्बजनिक (भिडियोसहित)

विराटनगर, २६ भदौ । ‘बोके दाह्री’ उपनामले चिनिएका चर्चित गायक श्रीकृष्ण लुइँटेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘भट-भटेमा’ बोलको गीतको भिडियो सार्बजनिक भएको हो ।

युट्युब मार्फत सार्बजनिक गीतको भिडियो फरक शैलीमा छ । भिडियोमा श्रीकृष्णले सारी, कुर्ता तथा पेन्ट भेस्ट लगाएका छन् । गीतमा श्री कृष्णका साथै सृष्टी लुइँटेल, कृष्ण सुबेदी, रमेश भट्टराई, मिलन खत्री, मिलन परियार, पदम गौतम, नहिम अलि, सुजन चाहर, सोनिया कटवाल, लिला कटवाल, बिनिता थापा, अकान्क्षा श्रेष्ठ, कल्पना खड्कालगायत कलाकारको अभिनय गरेका छन् ।newss

श्रीकृष्णको शब्द, स्वोर तथा संगीत रहेको गीतलाई सबिन लिम्बुले एरेन्ज गरेका हुन् । श्रीकृष्ण कै निर्देशनमा तयार गरिएको गीतको भिडियोलाई सुवास लिम्बुले सम्पादन गरेका छन् । नहिम अलिको कोरियोग्राफी रहेको गीतको भिडियोलाई दिपेन्द्र कटवाल र किरण मुखियाले छायांकन गरेका हुन् ।

Loading...