fbpx

पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच ‘झडप’

काठमाडौं, २६ भदौ । भारतीय सेना र चिनिया सैकिनबीच झडप भएको छ । टाइम्स अफ इन्डियाका अनुसार गस्तीमा रहेको भारतीय सेना र सुरक्षार्थ तैनाथ चिनियाँ सैनिक बीच बुधबार झडप भएको हो ।

पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच झ्डप भएको हो । घटना १ सय ३४ किलोमिटर लामो पिङगङ्ग ताल (सरोवर)को उत्तरी किनारामा भएको हो । सो क्षेत्रको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा छ ।newss

भारतीय सैनिक उक्त समयमा गस्तीमा गएपछि चिनियाँ सेनाले आपत्ति जनाएपछि झडप भएको जनाइएको छ । चिनियाँ सैनिकले विरोध जनाएपछि दुवै पक्षबीच तनाव उत्पन्न भएको टाइम्स अफ इन्डियाको दाबि छ । दुवै देशका सेनाबीच छलफल भएपछि समस्या सामधान भएकाे बताइएकाे छ । तनाव उत्पन्न भएको क्षेत्रमा दुवै देशका सैनिकको संख्या बढाएका छन् ।

Loading...