fbpx

विराटनगरकाे मेरिल्याण्ड कलेजमा सबिन राईको ब्याण्ड आउने

विराटनगर, २६ भदौ । विराटनगरको मेरिल्याण्ड कलेजले दशैं विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटन विश्वबिद्यालयको साझेदारीमा चार वर्षीय इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट (बिबिएम)को ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको कलेजका दशैंमा विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

newss

कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालका अनुसार असोज ९ गते आयोजना हुने कार्यक्रममा चर्चित गायक सबिन राईसहितको ब्याण्डको बिशेष प्रस्तुति रहने छ । कलेजका विद्यार्थीहरुको गायन तथा नृत्य , बिभिन्न खेल र खानाका स्टलहरु राखिने कार्यक्रम रहेको कलेजले जनाएको छ ।

Loading...