fbpx

साम्राज्ञी र अंकितको ‘रातो टीका निधारमा’को पोस्टर सार्वजनिक

विराटनगर, २६ भदौ । असोज १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रातो टीका निधारमा’को आधिकारिक पोस्टरहरू सार्वजनिक गरिएको छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा फिल्मका मुख्य कलाकारहरूलाई स्थान दिँदै ‘रातो टीका निधारमा’ले आफ्नो ४ आधिकारिक पोस्टरहरू सार्वजनिक गरेको हो ।

film

सार्वजनिक गरिएको ४ पोस्टरमध्ये एकमा चर्चित अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाह र नव–अभिनेता अंकित शर्माको रोमान्टिक अवतरमा प्रस्तुत गरिएको छ । फिल्म अंकितका बुवा अशोक शर्माले निर्देशन गरेका हुन् भने निर्देशक शर्माकी श्रीमती किरण शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । कृति फिल्मकी सह–निर्देशक पनि रहेकी छन् ।

फिल्ममा साम्राज्ञी र अंकितका साथै नीता ढुङ्गाना, खुस्बु खड्का, रवीन्द्र झा, बुद्धि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

newss

फिल्ममा झण्डै २ दशक अगाडि अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित फिल्म ‘अल्लारे’ मा समावेश भएको चर्चित गीत ‘रातो टीका निधारमा’लाई रि–एरेञ्ज गरिएर फिल्मको शीर्ष गीत बनाइएको छ । निर्माण टिम गीतलाई शुक्रबार सार्वजनिक गर्नका लागि तयारीमा जुटेको छ ।

शम्भुजित बाँस्कोटा र कल्याण सिंहले संगीत भरेको फिल्मका गीतहरूमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीको आवाज रहेका छन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि मल्लले गीत लेखेका छन् ।

Loading...