fbpx

उर्लाबारीको अवस्था तनावग्रस्त बनेको भन्दै भरपर्दो सुरक्षा प्रदान गर्न सांसदको माग

विराटनगर, २६ भदौ । जनप्रनिनिधिको झगडाले उर्लाबारी नगरपालिकाको अवस्था तनावग्रस्त भएको भन्दै सांसदले भरपर्दो सुरक्षा प्रदान गर्न माग गरेका छन् । मोरङ १ नम्बर (क्षेत्र–क)बाट निर्वाचित प्रदेश सांसद कूलप्रसाद साम्बा लिम्बुले नगरपालिका प्रमुख र उपप्रमुखको झगडाले नगरपालिकाको अवस्था तनावपूर्ण भएकोले बुधबार प्रदेशसभामार्फत् भरपर्दो सुरक्षा प्रदान गर्न सरकारसँग माग गरेका हुन् ।

प्रदेशसभाको बुधबारको ४७औँ बैठकको शून्य समयमा बोल्दै सांसद लिम्बूले उर्लाबारी नगरको समस्या चाँडोे समाधान गर्ननसके जे पनि हुन सक्ने अवस्था सिर्जना हुँदै गएको जानकारी गराए । प्रदेशसभामा उनले भने, ‘उर्लाबारीमा शक्ति प्रर्दशनका लागि गुण्डागर्दीको अवस्था सिर्जना भएको छ, यसैले प्रदेशसभा र सरकारले चाँडो नीति बनाएर समस्या समाधान गर्नुपर्छ नत्र त्यहाँ जे पनि हुनसक्छ ।’

newss

संविधानको धारा २३५ अनुसार स्थानीय तहमा समस्या उत्पन्न भएमा प्रदेशसभाले आवश्यक कानून बनाएर समस्या समाधान गर्न सकिने भएकोले चाँडो समस्या समाधानका लागि प्रदेशसभा र सरकारले चासो दिनुपर्ने बताउँछन् ।

उर्लाबारी नगरपालिकाप्रमुख खड्ग फागोले नगरपरिषद बैठकमा बहुमत नपुर्याइ एकल रूपमा १७ वटा निर्णय गरेको भन्द्रै उपप्रमुख लक्ष्मी भण्डारीले आपत्ति जनाएकी थिइन । प्रमुख फागोले आफूलाई नसच्याएको भन्दै उनले उच्च अदालत विराटनगरमा परिषद्को निर्णय कार्यान्वयन नगराउन माग गर्दै अपिल गरेकी थिइन् ।

उच्चले २० साउनमा उपप्रमुखको पक्षमा बजेट कार्यान्वयन नगराउन उर्लाबारी नगरपालिकालाई आदेश गरेको थियो । अदालतले आदेश गरेपछि हाल उर्लाबारी नपामा सामान्य सिफारिसबाहेक विकासका काम हुन सकेको छैन । प्रमुख फागोले आफूले कुनै गल्ती नगरेको भन्दै उपप्रमुलाई मुद्दा फिर्ता लिनुपर्ने अडान लिएका छन् । उपप्रमुख भण्डारीले चाँहि प्रमुखले आफूलाई सच्याएर गरेका निर्णयहरू फिर्ता लिनुपर्ने माग गरेकी छन् ।

हाल उर्लाबारी नपामा कांग्रेसबाट निर्वाचित प्रमुख फागो र नेकपाबाट निर्वाचित उपप्रमुख भण्डारी दुवै पक्षका कार्यकर्ताहरू एकले अर्कोलाई होच्याउने र बदनाम गराउने कार्यमा लागेका छन् ।

Loading...