fbpx

नेयमार फर्काउन बार्सिलोनाले चासाे दिएन, क्लबसँग मेस्सी असन्तुष्ट !

एजेन्सी, २६ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी नेयमारको सरुवाको विषयमा मुख खोलेका छन् । ३ वर्ष आफूसँग खेलेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका नेयमारको सरुवाको विषयमा मेस्सीले बार्सिलोनाको बोर्डसँग असन्तुष्टि जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

बार्सिलोनाले अलिक बढी जोड नदिएका कारण नेयमारको महत्त्वकांक्षी ट्रान्सफर असफल भएको ३२ वर्षीय मेस्सीको भनाइ छ । यो खबर स्पेनिस मिडिया मार्काले प्राथमिकताका साथ छापेको छ । मेस्सीले बार्सिलोनाको बोर्डसँग असन्तुष्टि जनाउँदै क्लबले अलि धेरै जोड दिएको हुन्थ्यो भने ब्राजिलका स्टार नेयमार फर्काउन क्लब सफल हुने बताएका छन् ।

newss

उनले स्पेनिस म्यागाजिन ‘स्पोर्ट्स’सँगको कुराकानीमा बार्सिलोनाले नेयमार फर्काउन प्रयास गरेको वा नगरेको विषयमा आफू अनभिज्ञ भएको बताएका छन् । उनले भनेका छन्, ‘नेयमार पुनः क्लब फर्किएको हेर्न चाहान्थेँ । साँच्चै भन्नुपर्दा, मलाई यो पूर्णरूपले थाहा छैन कि, बार्सिलोनाले नेयमारलाई क्लब फर्काउन प्रयास गर्यो कि गरेन । तथापि, नेयमारलाई पीएसजीबाट उम्किन सजिलो भने छैन ।’

यस्तै अर्जेन्टिनी कप्तान मेस्सीले नेयमार विश्वका एक उत्कृष्ट खेलाडीमध्ये एक भएको बताएका छन् । आफूले नेयमारलाई क्लब अनुबन्ध गर्नु भनेर कहिल्यै नबताएको भन्दै उनले भने, ‘खेलको स्तरका आधारमा भन्नुपर्दा, नेयमार विश्वका उत्कृष्ट खेलाडीमध्येकै एक हुन् । पीएसजीले उनकै छबिका आधारमा आफ्नो छबिमा छलांग लगाएको छ ।’

‘मैले नेयमारलाई अनुबन्ध गर्नु भनेर कहिल्यै भनेको छैन,’ उनले थपे, ‘मैले जे भनेको छु मेरो आफ्नो विचार राखेको छु । यदि, उनी यहाँ नआएपनि म दुखित हुने छैन । हामीसँग अगाडिदेखि नै बलियो टोली छ, जसले जित्नका लागि जे पनि गर्न सक्छ । नेयमार बिना पनि ।’

Loading...