fbpx

बार्बाडोसको जितमा सन्दीप लामिछाने नायक

विराटनगर, २६ भदौं । क्यारेबिन प्रिमियर लिगको पहिलो खेलमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच भएका छन् । क्यारिवियन प्रिमियर लिग (सीपीएल) मा बार्बाडोसको ट्राईडेन्टसको तर्फबाट चार ओभर बलिङ गर्दै तीन विकेट लिएका सन्दीप खेलको म्यान अफ द म्याच भए ।

सन्दीपको प्रदर्शनकै मद्दतले बिहीबार सेन्ट किट्स एन्ड नेविस प्याट्रिवट्सलाई बारबारडोस ट्राईडेन्टस १८ रनले बिजयी भयो । चार ओभर गरेका उनले २२ रन खर्चिएका थिए । सन्दीपले लाउरिइ इभान्सलाई ६४ रनमा आउट गराए । त्यस्तै, शामर्ह ब्रुकसलाई १३ रनमा र कप्तान कार्लोस ब्राथवइटलाई एक रनमा एलबीडब्लुको धरापमा पारेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको सन्दीप रहेको टिमले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १८६ रन बनाएको थियो । १ सय ८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६८ रन सिमित भयाे ।

सेन्टकालागि लौरी इभान्सले ४१ बलमा ६४ रन बनाए । डोमोनिक ड्रक्स ३४ रनमा अविजित रहे । इभिन लुईस,जोसन मोहम्मद,रायाद इम्रिटले समान १२ रन जोडेका थिए ।

बार्बाडोसलाई सहज जित दिलाउन सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर प्रमुख ३ विकेट लिए । कप्तान जोसन होल्डर र हेडेन वाल्शले समान २ विकेट लिए ।

टस हारेर ब्याटिङ थालेको बार्बाडोसले निर्धारित २० ओभरमा १ सय ८६ रन जोड्दा ओपनर जोसन चार्लसले ५२ रन जोडे । एलेक्स हेल्स १८ रनमा आउट भए । लेनिको बाउचर ६२ रनमा अविजित रहे । जेपी ड्युमीनिले ४३ रन जोडे ।newss

 

Loading...