fbpx

सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं २६ भदौ। क्यारिवियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएका छन् । बारबारडोस त्रिडेन्ट्समा आबद्ध सन्दीपले बिहीबार सेन्ट किट्स एन्ड नेविस प्याट्रिवट्सविरुद्ध खेलमा महत्वपूर्ण तीन विकेट लिए ।

सन्दीपकै उत्कृष्ट प्रदर्शनमा बारबारडोस प्याट्रिवट्सविरुद्ध लगभग जितको नजिक छ । वर्षाको कारण खेल रोकिएको छ । डकवर्थ लेविस मेथडको आधारमा पनि सन्दीप आबद्ध टिम नै विजय हुने देखिन्छ । सन्दीपले ३.५ ओभर बलिङ गरेका छन् । सन्दीपको अन्तिम बल बाँकी रहदाँ वर्षाले खेल रोकिएको हो । ३.५ ओभर बलिङ गर्दै मात्र २२ रन खर्चिएर सन्दीपले तीन विकेट लिएका हुन् ।

newss

सन्दीपले लाउरिइ इभान्सलाई ६४ रनमा आउट गराए । त्यस्तै, शामर्ह ब्रुकसलाई १३ रनमा र कप्तान कार्लोस ब्राथवइटलाई एक रनमा एलबीडब्लुको धरापमा पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको सन्दीप रहेको टिमले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १८६ रन बनाएको छ । जवाफी ब्याटिङ गरेको प्याट्रिवट्सले १४.५ ओभरमा सात विकेट गुमाउँदा १ सय ७ रन बनाउन सफल भएको छ ।

Loading...