fbpx

पत्रपत्रिकामा प्रदेश : मुख्यमन्त्रीलाई प्रतिपक्षको प्रश्न ‘भ्रष्टाचारको प्रमाण ल्याइदिनु पर्ने ?’

विराटनगर २६ भदौ । सरकारविरुद्ध विना आधार विचार व्यक्त भइरहेको भन्दै मुख्यमन्त्री शेरधन राईले संसदहरुलाई तथ्यसहितको सूचना उपलब्ध गराउन उर्दी जारी गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अपत्ति जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारका काममा भ्रष्टाचार भएको कुरा उठाउँदा सांसदहरुसँग नै प्रमाण खोजिएकोमा विरोध जनाएका छन् । बुधबारको प्रदेश सभा बैठकमा उनले जनताका गुनासोलाई सदनमा ल्याउदाँ पनि सरकारलाई प्रमाण पेश गर्नु पर्ने भन्दै प्रश्न गरे । यो समाचार उद्घोष दैनिकमा छ । प्रमुख सचेतक कार्कीले सांसद प्रमाण बोकेर नआउने भन्दै जनताका गुनासो र बेथितीका विषयमा संसदमा बोल्ने बताए ।

newss

संघीय सरकारले चालु आर्थिक वर्षमा विराटनगरको चक्रपथको लागि बजेट नछुट्याएपछि सहरी विकास तथा भवन कार्यालय प्रदेश नम्बर १ ले चक्रपथ निर्माणको ठेक्का रद्ध गरेको छ । उद्घोष दैनिकमा छापिएको खबरमा हिमालय टाइम्समा भदौ २३ गते सुचना निकालेर कार्यालयले ठेक्का रद्ध गरेको उल्लेख छ । कार्यालयका प्रमुख दिगम्बर ठाकुरले चालु आर्थिक वर्षमा संघीय सरकारले १ रुपैयाँपछि बजेट नछुट्याएपछि ठेक्का रद्ध गर्नु पर्ने अवस्था आएको बताए ।

कार्यालयका प्रमुख ठाकुरले चक्रपथ कुन तहको मातहत रहने भन्ने पनि स्पष्ट नभएको बताउँछन् । २२ वर्षअघि तत्कालिन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले चक्रपथको शिलन्यास गरेका थिए । बजेट अभाव र जग्गाको मुआब्जाको विषयले गर्दा अहिलेसम्म चक्रपथ निर्माण हुन सकेको छैन् ।

जोगवनीबाट दैनिक ५ करोडको सामान आयात हुने समाचार न्यू सृष्टि दैनिकमा छ । अहिले जोगवनीतर्फ जाने ग्राहक रोक्न नसके तिहारसम्म भारतीय बजारबाट २ सय ५० करोडको सामान किनमेल गर्न उपभोक्ता पुग्ने समाचारमा उल्लेख छ । जोगवनी बजारबाट अहिले ५ करोड रुपैयाँ भन्दा बढीको सामान दैनिक विराटनगरतर्फ उपभोक्ताले ल्याउने गरेका छन् । यतिका सामन आयात हुँदा सरकारले राजश्व गुमाइरहेको छ ।

बेवारिसे बन्दै पुराना संरचना शिर्षकमा ब्लाष्ट टाइम्सले मुख्य खबर छापेको छ । समाचारमा चौतारा, फलैँचा, पाटी, पौवा जस्ता पुराना संरचना बेवारिसे बनेको उल्लेख छ । दूरदराजमा मोटरबाटो पुगेपछि पैदलयात्रुलाई लक्षित गरेर बनाइएका संरचनाहरु उपयोग विहिन बन्दै गएका छन् । यात्रुहरुलाई सुस्ताउने र बिसाउन सहज होस भनेर पित्रृहरुको सम्झनामा चौतारा, फलैँचा तथा पाटी, पौवा बनाउने चलन छ ।

Loading...